Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजाकै हैसियतमा पूर्व राजाको सन्देश, देश र जनताका बारेमा चिन्ता प्रकट


  • बुधबार, चैत्र ३० २०७८

  • राजाकै हैसियतमा पूर्व राजाको सन्देश, देश र जनताका बारेमा चिन्ता प्रकट

    काठमाडौ – पूर्वराजा ज्ञानेन्द्र शाहले  नयाँ वर्षको उपलक्ष्यमा दिएको शुभ कामना सन्देशमा पूर्व राजा उल्लेख नगरी राजाकै हैसियतमा देशवासीलाई शुभकामना दिएका छन । उनको सन्देशमा  ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र ज्ञानेन्द विर विक्रम शाह देव’ उल्लेख छ ।

    सन्देशमा पूर्व राजालेन याँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले बुधबार भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि पनि हुनुपर्ने उल्लेख गरेका छन ।

    शाहले भनेका छन – ‘चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रूपान्तरणको प्रक्रियाले जनमानसलाई शान्त पार्न सकेको छैन, चिन्ताको विषय हाम्रो यो हो।’

    नेपाल ‘त्रिपक्षीय महाशक्तिहरूबीचको शिखर आभूषण’को रूपमा रहेता पनि आफ्नै भू-बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्यमान्यता तथा परम्पराले गौरवान्वित रहिआएको शाहले बताएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij