Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजदेखी निर्वाचन आचार संहिता लागू


  • शुक्रबार, चैत्र २५ २०७८

  • आजदेखी निर्वाचन आचार संहिता लागू

    काठमाडौं– स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैत) देखि लागू भएको जनाएको हो ।
    आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । आयोगले यसअघि चैत ३ गते निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो ।
    पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सहि ढंगले गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचार संहिताको पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आग्रह गरेका छन् ।
    आयोगले झण्डा, टिसर्ट, आमसभा, भेला लगायतका आचार संहिता अनुसारको प्रयोग गर्न भनेको छ । त्यसैगरी मौन अवधिमा मत माग्न, प्रचार गर्न नपाइने, मादक पदार्थको विक्री वितरण र सेवनमा पूर्ण निषेध गर्न भनेको छ । आयोगले उम्मेदवारले राजीनामा दिनुपर्ने भन्ने विषयमा अदालतमा मुद्दा रहेकाले त्यसबारे कुनै निर्णय गर्न नपरेको पनि जनाएको छ ।

    आचारसंहिता उल्लंघन भए प्रक्रिया बमोजिम उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्नेतर्फ सचेत गराएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij