Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

न्युनतम पारिश्रामिक निर्धारण समितिकी अध्यक्ष खड्काद्वारा पद वहाली


  • सोमबार, चैत्र २१ २०७८

  • न्युनतम पारिश्रामिक निर्धारण समितिकी अध्यक्ष खड्काद्वारा पद वहाली

    काठमाडौं – पत्रकारको न्युनतमतम पारिश्रामिक निधारण र अनुगमन गर्ने न्यूनतम पारिश्रामिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले पद बहाली गरेकी छिन । चैत्र १७ गते मन्त्री परिषदको निर्णयवाट अध्यक्षमा नियुक्त खड्काले आज पद बहाली गरेकी हुन ।

    समितिको सदस्य समेत रहिसकेकी खड्का प्रेस काउन्सील नेपालको सदस्य र नेपाल पत्रकार महासंघकी पूर्व सचिव हुन । पदभार ग्रहण गर्दै अध्यक्ष खड्काले पत्रकारको पक्षमा काम गर्ने बताइन । उनले भनिन – मेरो ज्ञान, क्षमता र सबैको सहयोग लिएर पत्रकारको पक्षमा काम गर्छु ।

    समितिका सदस्य सचिव तथा सुचना तथा प्रशरण विभागका महानिर्देशक गोगन बहादुर हमालले अध्यक्ष खड्कालाई स्वागत गर्दै सफलताको शुभ – कामना व्यक्त गरे । समिति सदस्यहरु ऋषिकेश श्रेष्ठ र गोपाल तिवारी तिवारीलेखड्का लाई सफलताको शुभ कामना व्यक्त गरे । समितिमा पहिलो पटक महिला अध्यक्ष नियुक्त गरिएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij