Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रमको भारत भ्रमण : चार परियोजना उद्‌घाटन र हस्तान्तण


  • शुक्रबार, चैत्र १८ २०७८

  • प्रमको भारत भ्रमण : चार परियोजना उद्‌घाटन र हस्तान्तण

    काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवा आजवाट भारतको औपचारिक भ्रमणमा जाँदै छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भ्रमणमा जान लागेका हुन । भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी संग बार्ता हुने छ ।

    भ्रमणका क्रममा चार परियोजनाको उद्घाटन र हस्तान्तरणको तयारी गरिएको छ । जनकपुर–जयनगर खण्डमा रेल सेवा र सोलु करिडोर विद्युत् प्रसारण लाइन उद्घाटन गरिने भएको हो । भारतको सहयोगमा साना परियोजना कार्यक्रमअन्तर्गत निर्माण भएका १ सय ३२ वटा स्वास्थ्य चौकीका भवन हस्तान्तरण गरिनेछ । भारत सरकारले चलनमा ल्याएको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको शुभारम्भ गर्ने तयारी पनि छ ।

    प्रधानमन्त्री देउवा बनारस हुँदै स्वदेश फर्किने कार्यक्रम छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij