Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साहारा एप : राइड सेयरिङमा नयाँ आयाम थप्दै


  • बिहिबार, चैत्र १७ २०७८

  • साहारा एप :  राइड सेयरिङमा नयाँ आयाम थप्दै

    काठमाडौं– लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसंग कमिसन नलिने घोषणासगैं राइडरको आर्कषण थप बढेको छ । आफ्नो कमाई सबै आफैले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरु बताउँछन् ।
    विजनेश ग्रोथ कम्पनिले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एप भन्दा सस्तो पनि रहेको सेवाग्राहीहरु बताउँछन् । कम्पनिले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढि कमाउने राइडरहरु पनि रहेका छन् ।
    एप चलाउन सजिलो हुनुका साथै निशुल्क तालिम, कमिशन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij