काठमाडौं – कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको हो ।
अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । शुक्रबार आएको खोप पहिलो खेप हो । विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ । फाइजर खोप १२ वर्ष भन्दा उमेरका नागरिकलाई दिइने छ । पछिल्लो तथ्यांक अनुसार ६० लाख डोज खोप भण्डारणमा छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
