Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्चद्धारा जनप्रतिनिधिले दोहोर्‍याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता तत्काल लागू नगर्न आदेश


  • मंगलबार, चैत्र ८ २०७८

  • सर्वोच्चद्धारा जनप्रतिनिधिले दोहोर्‍याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता तत्काल लागू नगर्न आदेश

    काठमाडौं– सर्वोच्च अदालतले जनप्रतिनिधिले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएर मात्रै जनप्रतिनिधिका लागि उम्मेदवारी दिन पाउने आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
    मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिता, २०७८ को दफा ३६ तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।
    मंगलबार उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ भएपछि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले चैत १३ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् । अन्तरिम आदेश जारी गर्नु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई चैत १३ गते बोलाउने गरी पेसी तोक्न आदेश गरेका छन् । दुवै पक्षलाई बोलाएर छलफल गरेपछि अन्तरिम आदेश जारी गर्नु पर्ने कि नपर्ने वा अल्पकालीन अन्तरिम आदेशको खारेजी हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्चले निर्णय गर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij