काठमाडौं – संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुने सबै १४ जनाको पहिचान खुलेको छ । मृतकमध्ये ९ जना पुरूष र ६ जना महिला छन्। जसमध्ये २ जना बालबालिका छन्।
ओखरबोटे बजारबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ ।
मृतकहरू
- ३५ वर्षिय विपिन निरौला (सवारी धनी तथा चालक) औँशीडाँडा, तेह्रथुम
- ३५ वर्षिय उमेश भट्टराई (सहचालक) मादी–६, संखुवासभा
- ४५ वर्षिय दीपक दाहाल- मादी ५, संखुवासभा
- ५२ वर्षिय श्याम शेर्पा- मादी ५, संखुवासभा
- ५५ वर्षिय भवानी दाहाल- मादी ५, संखुवासभा
- ३८ वर्षीय इन्द्रबहादुर अधिकारी- मादी ६, संखुवासभा
- ५ वर्षिया दिक्षा कटवाल- मादी ६, संखुवासभा
- ३२ वर्षिया अन्जना कटवाल, मादी ६ संखुवासभा
- ३८ वर्षीय आइतबहादुर तामाङ- मादी ४, संखुवासभा
- ३५ वर्षिया सबिता राउत कार्की- मादी ४, संखुवासभा
- ३० वर्षिया सीता विक- मादी ६, संखुवासभा
- ६० वर्षिय बलबहादुर कार्की-मादी ४, संखुवासभा
- ३१ वर्षीया समिक्षा योन्जन- ताप्लेजुङ
- ८ वर्षिय सुदीप घिसिङ- ताप्लेजुङ
घाइतेहरू
- ३० वर्षिय सुबास गोले – मादी ५ , संखुवासभा
- ३० वर्षिय युका पोखरेल- मादी ५, संखुवासभा
- २२ वर्षिय तुलसा कट्वाल- मादी ६, संखुवासभा
- अम्बिका बिक-मादी ६, संखुवासभा, संखुवासभा
- ५० वर्षिय डम्बरबहादुर कार्की- मादी ६, संखुवासभा
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
