काठमाडौं – एकै घरका पाँच जना परिवारले आत्महत्या प्रयास गरेका छन । पाँच मध्य एकको मृत्यु भएको छ भने चार जना अचेत अवस्थामा छन । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा घटना भएको हो ।
विष सेवन गरेका ३३ वर्षीय सुवर्णमान श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको छ ।
६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । उनीहरु बोल्न नसक्ने अवस्थामा अचेत छन् ।
उनीहरुले सुसाइड नोट समेत लेखेर छाडेको प्रहरीले जनाएको छ । आर्थिक अभावका कारण आत्महत्या प्रयास गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
