Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरी र शसस्त्रमा आइजीपी फेरिँदै, को – को छन दौडधुपमा ? 


  • शनिबार, फाल्गुन २१ २०७८

  • नेपाल प्रहरी र शसस्त्रमा आइजीपी फेरिँदै, को – को छन दौडधुपमा ? 

    काठमाडौं – नेपाल प्रहरी र शसस्त्र प्रहरी वल नेपालका दुइवटा महत्वपूर्ण सुरक्षा निकायमा नेतृत्व परिर्वतन हुँदैछ । सरकारका अन्य निकाय भन्दा सुरक्षा निकायको नेतृत्व परिवर्तनमा आम चासो हुँने गरेको छ ।

    नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवाहदका कारण १९ वैशाखमा अवकाश पाउँदैछन् भने सशस्त्रका महानिरिक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाश पाउँदैछन् । नेतृत्व परिवर्तन हुने भए पछि प्रतिस्पर्धी अधिकृतहरुको सक्रियता बढेको छ ।

    नेपाल प्रहरीमा को ? 

    नेपाल प्रहरीमा अहिले दुई एआइजी मुख्य प्रतिस्पर्धी छन । एआइजी विश्वराज पोखरेल र सहकुल थापा आइजीपीका स्वभाविक दावेदार हुन । तर एआइजीको दौड यी दुई जना अधिकृत मात्र सिमित छैन ।

    सरकारले हालै तीन एआइजीको दरवन्दी स्वीकृत गरेको छ । छिट्टै तीन एआइजी थपिने भएकाले आइजीपीको प्रतिस्पर्धा पाँच जना विच हुने सम्भावना देखिन्छ । डीआईजीहरू धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बिसी ,घनश्याम अर्याल लगाएत प्रतिस्पर्धामा छन । शिंह धानुक र सुवेदी एआइजीका प्रवल दावेदार हुन । उनीहरु एआइजी भएमा आइजीको लागी प्रयास गर्ने पक्का जस्तै छ ।

    शसस्त्र प्रहरीमा को ?

    शसान्त्र प्रहरी वलमा पनि आइजीपी बन्नेको दैडधुप तिव्र बनेको छ । एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक जना १८ वैशाखसम्मका लागि आईजीपी बन्नेछन् । आईजीपी खनालकै ब्याची भएपनि उनीहरु ३० वर्षे सेवा अवधिका कारण सेवामै रहन्छन् र एक जनाले २१ दिनका लागि आईजीपी हुने अवसर पाउनेछन् ।

    केसी र पौडेल मध्य एक जनालाई छोटो समयको लागी कामु आइजीपी बनाउने सम्भावना छ । यस अघि किशोर लामालाई पनि छोटो समयका लागी कामु आइजीपी बनाइएको थियो । केसी र पौडेल मध्य एकले छोटो समय नेतृत्व गरे पछि तीन जना मध्यवाट आइजीपी छनिने छ ।

    डिआइजी नारायण दत्त पौडेल, सिपी गौतम र राजु अर्याल लगाएत दौडमा छन । गौतम नेपाली सेनाबाट शसस्त्र प्रहरीमा प्रवेश गर्ने अधिकृत हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij