Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया आजबाट सुरु


  • मंगलबार, फाल्गुन १० २०७८

  • नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया  आजबाट सुरु

    काठमाडौं– नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । आगामी १९ चैतमा नयाँ नेतृत्वका लागिनिर्वाचन हुनेछ । निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएशनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनबाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।

    निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ भने सो प्रक्रिया आरम्भ भएको ५ दिन पछि १९ फागुनमा जाँचबुझ गरी २० फागुनमा अन्तिम नामावली प्रकाशन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij