Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्यूठान दुर्घटना : ८ जनाको मृत्यु, ७ को सनाखत (अपडेट)


  • शनिबार, माघ २२ २०७८

  • प्यूठान दुर्घटना : ८ जनाको मृत्यु, ७ को सनाखत (अपडेट)

    काठमाडौं – प्युठानमा विवाहको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र दुई पुरुष छन ।

    दुघर्टनामा मृत्यु हुनेहरुको सनाखत भएको छ । घटना स्थालमा मृत्यु हुनेमा गौमुखी गाउँपालिका-६ लिवाङका ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २ वर्षीया नाम नखुलेकी महिला र ५० वर्षीय चालक बलबहादुर बुढामगर छन । सोहि ठाँउका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारका क्रममा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

    जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा पाँच जना घाइते भएका छन । जिप ३०० सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा दुलाह र दुलही समेत थिए । घटनाको पूर्ण विवरण प्राप्त भइसकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij