काठमाडौं – सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा हल्का बर्षाको सम्भावना सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरु हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।
चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महासाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ २० गते (बिहीबार)
दिउँसो :
सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र वागमती प्रदेशमा सामान्य वदली रही अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ । सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती :
देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
२०७८ माघ २१ गते (शुक्रबार)
दिउँसो :
देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती :
देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ माघ २२ गते (शनिबार)
दिउँसो :
देशका प्रदेश न १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश न १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।
राती :
देशभर पहाडी भूभागमा आंशिक वदली रहनेछ । प्रदेश न १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
