काठमाडौं– आजै प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहिद स्तम्भमा पुगेर शहिदहरुको सम्झनामा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले शहीद स्तम्भमा पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।
प्रत्येक वर्ष माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा सहिद दिवस मनाइन्छ । आज सहिदको सम्झनामा देशभर विविध कार्यक्रम गरी शहिद दिवस मनाइँदै छ ।
कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
