Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इलाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु


  • बिहिबार, माघ १३ २०७८

  • इलाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

    इलाम – इलाममा मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ।
    जिल्ला प्रहरी कार्यालयका उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ बस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो।
    जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ। उनलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij