Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जलेश्वर अस्पतालका मेसु डा.सतिश साह माथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग


  • बिहिबार, माघ १३ २०७८

  • जलेश्वर अस्पतालका मेसु डा.सतिश साह माथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग

    काठमाडौं– सरकारी चिकित्सक संघले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहलाई कुटपिट गरी गम्भीर घाइते बनाउनेहरूविरुद्ध कडा कारबाहीको माग गरेको छ ।

    संघले आज विज्ञप्ति जारी गर्दै डा. साहमाथि कुटपिट गर्नेहरूविरुद्ध मानवअधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधको मुद्दा चलाउन माग गरेको छ । उनीहरूलाई नियमानुसार गैरजमानी हिरासतमा राखी कारबाही गर्न पनि संघले माग गरेको छ ।
    राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा बुधबार धनुषामा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले डा. साहको गाडी तोडफोड गरी उनलाई कुटपिट गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij