Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरीमा तीन एआइजीको दरवन्दी थपिँदै, को – को छन प्रतिस्पर्धामा ?


  • मंगलबार, माघ ११ २०७८

  • प्रहरीमा तीन एआइजीको दरवन्दी थपिँदै, को – को छन प्रतिस्पर्धामा ?

    काठमाडौं – नेपाल प्रहरीमा तीन एआइजीको दरवन्दी थपिने लगभग पक्का भएको छ । एआइजीको दरवन्दी थप्ने र घटाउने आधार र मापदण्ड नभए पनि सरकारै पिच्छे प्रहरीका उच्च पदको दरवन्दी थप्ने र घटाउने काम हुँदै आएको छ ।

    कांग्रेश नेतृत्वको गठवन्धन सरकारले पनि विना आधार र मापदण्ड तीन एआइजीको दरवन्दी थप्ने प्रस्ताव अघि बढाएको छ । उक्त प्रस्ताव मन्त्रीपरिषदमा पुगेको छ ।

    कुनै व्यक्ति विषेशलाई बढुवा गर्न दरवन्दी थप्न लागिएको चर्चा समेत चलेको छ ।दरवन्दी मन्त्रीपरिषदले स्वीकृत गरे पछि अहिलेका डिआइजीहरुवाट तीन जना एआइजीमा बढुवा हुने छन ।

    डिआइजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी एआइजीको प्रतिस्पर्धामा छन ।

    उनीहरु मध्यवाट सरकारले तीन जनालाई एआइजीमा बढुवा गर्ने छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij