Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बारामा दुलाहा-दुलही बोक्ने रथले किचेर २ जनाको मृत्यु


  • मंगलबार, माघ ११ २०७८

  • बारामा दुलाहा-दुलही बोक्ने रथले किचेर २ जनाको मृत्यु

    बारा–  बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य १२ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

    मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका– ३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम छन्।

    सोमबार बेलुका साढे ७ बजे रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो। आदर्श कोटवाल गाउँपालिका– ३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा गाडी अनियन्त्रित भएर पल्टेको थापाले बताए।
    दुर्घटनाका घाइते १४ जनाको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij