काठमाडौं – देशभर आंशिक बदली हुने र मुलुक का धेरैस्थानहरूमा हुस्सु-कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महासाखाले जनाएको छ । महासाखाका अनुसार आगामी तीन दिनको मौसम यस प्रकार रहने छ :
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष १६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ पौष १७ गते (शनिबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।
२०७८ पौष १८ गते (आईतबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ
राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
