Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू


  • शुक्रबार, पुष ९ २०७८

  • यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

    काठमाडौं– सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ। शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

    त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्नधन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ।

    ‘औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्नद्ध कोष स्थापना गर्ने। विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न, सैद्धान्तिक स्वीकृति गर्ने। क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने। संघठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्व स्वीकृति दिने’, मन्त्री कार्कीले भने, ‘राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने । जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिका नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने। हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने । वैदेशिक द्रुत डार्र्क सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने निर्णय भएको छ।’

    प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डार्र्क सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij