Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप २९३ जनामा कोरोना संक्रमण


  • बिहिबार, पुष ८ २०७८

  • थप २९३ जनामा कोरोना संक्रमण

    काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । सोही अवधिमा २६३ जना निको भएका छन् ।

    यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ भने कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार पुगेका छन् । संक्रमितमध्ये हालसम्म करिब ८ लाख ९ हजार जना निको भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij