काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षवाट साझाँ उम्मेदवार टुङ्गो लगाउन नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थीत निवासमा बैठक सुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका आकांक्षी शेखर कोइराला नेता शिंह सहितका नेताहरु सहभागी छन । कोइराला र शिंह मिलेर साझा उम्मेदवार बनेमा आफुले त्याग गर्ने पौडेलले बताइसकेका छन
आजै महामन्त्री शसाङ्क कोइरालाले नेता शिंहसंग एक्लै छलफल गरेका छन । स्रोतहरुका अनुसार शिंहको नाममा सहमति बन्ने सम्भावना प्रवल छ ।
निर्वाचन पछि पौडललाई राष्ट्रपति, शिंहलाई प्रधानमन्त्री र कोइरालालाई कार्यवहाक सभापति बनाउने गरी सहमति गर्ने प्रयास भइरहेको दावी स्रोतले गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
