Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जव उडिरहेको जहाजको पाइलटको डियुटी समय सकिन्छ … !


  • मंगलबार, मंसिर ७ २०७८

  • जव उडिरहेको जहाजको पाइलटको डियुटी समय सकिन्छ … !

    काठमाडौँ – नेपाल एयरलाइन्सको दुर्गति कसरी भएको रहेछ भन्ने एउटा उदाहरण सोमवार नेपालगञ्जमा देखियो । काठमाडौंवाट ट्विन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका  एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए ।

    आकासमा उडिरहेको जहाज करिव ४ वजे नेपालगञ्ज आसपास पुर्‍यो । पाइलट पेम्बा शेर्पाले आफ्नो डियुटी ४ बजे सम्म मात्रै भएको भन्दै रुकुम गन्तव्य नपुगी नेपालगञ्जमै जहाज अवतरण गराए । यात्रुको नेपालगञ्ज मै विचल्ली भयो ।

    आकासमै डियुटी समय सकियो भन्दै रुकुम नपुगी नेपालगञ्ज अवतरण गर्ने अनौठो निर्णय पाइलट पेम्बा शेर्पाले गर्नुले पेशागत धर्म त पुरा भएन नै निगम भित्रको अनुशासहिनता र व्यथिति छताछुल्ल भयो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij