Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय जनगणनाको तयारी पुरा , तीन महिनामा प्रारम्भिक नतिजा


  • सोमबार, कार्तिक २२ २०७८

  • राष्ट्रिय जनगणनाको तयारी पुरा , तीन महिनामा प्रारम्भिक नतिजा

    काठमाडौँ – तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको जनाएको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।
    संकलन गरिएका व्यक्तिगत विवरण गोप्य रहने महानिर्देशक श्रेष्ठले बताए । घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरिएको छ ।
    कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने जनगणनाको प्रारम्भिक नतिज आउन तीन महिना लाग्ने छ भने पूर्ण नतिजा आउन एक वर्ष लाग्ने छ ।
    मिडिया एक्सन नेपाल (म्यान) ले आयोजना गरेका कार्यक्रममा महानिदेशक श्रेष्ठ , वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी,लक्ष्मण दल पन्त लगाएतका वक्ताले जनगणनामा मिडियाको भूमिकाका वारेमा चर्चा गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij