काठमाडौँ – सल्यानमा वस दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।
ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको हो ।दुर्घटनामा १८ जना घाइते भएका छन । प्रहरी र स्थानियले उद्धार गरिरहेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
