Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजदेखि काठमाडौंमा अष्ट्राजेनेका खोप लगाइने


  • मंगलबार, कार्तिक ९ २०७८

  • आजदेखि  काठमाडौंमा अष्ट्राजेनेका खोप लगाइने

    काठमाडौं- आजदेखि काठमाडौंमा कोरोनाविरूद्ध अष्ट्राजेनेका खोप लगाइने भएको छ। पहिलो मात्रा अष्ट्राजेनेका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो।

    आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ।

    वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालबाट खोप लगाउन सकिन्छ।

    खोप लगाउन पहिलो मात्राको खोप लगाएको कार्ड लिएर खोप केन्द्रमा आउनसमेत महानगरले आग्रह गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij