Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशभर हल्का देखी भारी बर्षाको सम्भावना , सुदरपश्चिम डुबानमा


  • मंगलबार, कार्तिक २ २०७८

  • देशभर हल्का देखी भारी बर्षाको सम्भावना , सुदरपश्चिम डुबानमा

    काठमाडौं – आज काठमाडौं उपत्यका सहित देशैभर हल्का देखी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतवार देखी सुदुर पश्चिम प्रदेशमा भारी वर्षा भएको छ ।शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । महाकाली नदीमा आएका वाढीले सैयौ घर डुवानमा परेका छन ।

    महासाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
    देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरु र प्रदेश न २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij