रोल्पा – रोल्पामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सहचालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
आइतबार बिहान ९ बजेतिर रोल्पा नगरपालिका–१
सल्लीबोटबाट सोही नगरको वाखोलातर्फ जाने क्रममा लु १ च ९४९३ नम्बरको निजी बोलेरो छेरा पोखरा भन्ने ठाउँमा झन्डै ३० मिटर तल खसेको थियो।
दुर्घटनामा परी रोल्पा नगरपालिका– १ खेवासे गाउँका २० वर्षीय चालक गोवर्द्धन घर्तीको मृत्यु भएको छ। सहचालक सोही वडाका २३ वर्षीय नवीन पुनको गम्भीर अवस्थामा जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको रोल्पाका प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
