Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता


  • बुधबार, असोज २० २०७८

  • प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

    काठमाडौं – प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको छ । प्रभुले आफ्ना ग्राहकलाई सहज र सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको जनाएको छ ।

    सम्झौतामा प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटा र वेष्टर्न यूनियन नेटवर्क (आयरल्याण्डा लिमिटेड)का प्रतिनिधि एलेनले हस्ताक्षर गरेका छन् ।

    सम्झौतासँगै यसले विदेशबाट वेष्टर्न युनियनमार्फत पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै रकम जम्मा हुने प्रभु मनि ट्रान्सफरले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij