Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिस नेपाल युएस २०२१ प्रतिक्षा शुक्ला घोषित


  • सोमबार, असोज ११ २०७८

  • मिस नेपाल युएस २०२१  प्रतिक्षा शुक्ला घोषित

    काठमाडौं– ‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि विजेता घोषित भएकी हुन् ।
    प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए । सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । जसमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।
    प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए ।
    न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगिको कोभिड–१९ परिक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij