Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा प्रदीपराज वन्त


  • बिहिबार, असोज ७ २०७८

  • राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा प्रदीपराज वन्त

    काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त सहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५ औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

    अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने केन्द्रीय कमिटीले २ जना केन्द्रीय सदस्य मनोनित गर्ने छ ।
    राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिपोर्टस नेपालका मुकुन्द कालिकोटे रहेका छन् ।
    त्यस्तै केन्द्रीय सदस्यहरूमा नयाँपेजका प्रबिण कुलुङ राई, अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहाखवरकी शिला तिमिल्सिना , नेवा टाइम्सका रमिता छुँजु र प्रभाव दैनिकका प्रदीप कुमार श्रेष्ठ चयन भएका छन् ।

    कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ वाट मनोरन्जन तर्फ नवराज वाग्ले र कपिल खड्का त्यसैगरि खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल ,पर्यटन तर्फ नारायण सिलवाल र प्रेम थापा , संस्कृति सम्पदा तर्फ सोभा महर्जन र प्रदीप शाक्य र साहसिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो ।

    पूर्व सशस्त्र प्रहरी नायव महानिरीक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार शिलापत्रका फोटोपत्रकार सुशील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

    निर्वाचन प्रक्रियामा व्यवसायी तथा समाज सेवी नारायण श्रेष्ठ, पत्रकार माधव बराल र पूर्व अध्यक्ष कविन्द्रमान शाक्यको निर्वाचन कमिटीले सहयोग गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij