Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते


  • सोमबार, असोज ४ २०७८

  • बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते

    बैतडी- बैतडीको दशरथचन्द नगरपालिका- २ देहिमाण्डौँमा जिप दुर्घटना हुँदा तीनाजना घाइते भएकाछन् । दशरथचन्द नगरपालिका-७ ढणौनबाट देहिमाण्डौँ तर्फ आउदैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका २६ वर्षीय चालक जनक चन्दको हातमा गम्भीर चोट लागेकाे भने बाँकी दुईजनाकाे अवस्था सामान्य रहेको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौँका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए ।

    उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । न्युज कारखाना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij