Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आर्केस्ट्रा देखाउँदा झडप, एकजनाको मृत्यु, दुई घाइते


  • आइतबार, असोज ३ २०७८

  • आर्केस्ट्रा देखाउँदा झडप, एकजनाको मृत्यु, दुई घाइते

    महाेत्तरी – आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ ।

    ज्यान गुमाउनेमा वडा नम्बर २ का रामप्रसाद यादव रहेको पालिकाका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।

    अध्यक्ष यादवका अनुसार आर्केस्ट्रा नृत्य वडा नम्बर ७ स्थित मुसहर बस्तीमा भएको थियो । मुसहर समुदायका युवा र मृतक रामप्रसाद पक्षमा राति नै झगडा भएको र पुन: बिहान झगडा हुँदा यादवको ज्यान गएको हो ।

    झडपमा मृतक यादवका दुई छोरा गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ ।

    बर्षेनि विश्वकर्मा पूजाको अवसरमा आर्केस्ट्रा नृत्यकै कारण दुर्घटना निम्तिरहेको गुनासो बढ्दै आएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत आर्केस्ट्रा नृत्य रोक्ने भन्दै सजगता अपनाएको थियो ।

    नृत्यकै लागि भारतबाट आएका तीन दर्जन कलाकारलाई प्रहरीले बाटैबाट फर्काएको थियो । स्थानीयले भने प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै उक्त अश्लील नृत्यलाई जारी नै राखेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

    घटनाको संलग्न भएको आसङकामा स्थानीय दुईजना युवालाई प्रहरिले नियन्त्रणमा लिएको छ । दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । न्युज कारखाना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij