Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रेडपाण्डाका छालासहित युवक पक्राउ


  • आइतबार, असोज ३ २०७८

  • रेडपाण्डाका छालासहित युवक पक्राउ

     

    जाजरकोट – प्रतिबन्धित् हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका-५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए ।

    परियारकाे साथबाट रेडपाण्डाको ४२ ईन्च लम्बाइ भएको ठूलो छाला एक  थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान बरामद गरेकाे डिएसपी थापाले बताए । पक्राउ परेका परियारलाई थप अनुसन्धान जारी रहेको बताएको छ ।  न्युज कारखाना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij