Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा पाए माफी


  • आइतबार, असोज ३ २०७८

  • तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा पाए माफी

    सुर्खेत – संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका हुन् ।

    बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेका थिए । वडाध्यक्षले अर्काको श्रीमती भगाएर तेस्रो विवाह गरेका थिए । वडाध्यक्ष कुमाईले तेस्रो विवाह गरेकी भनिएकी महिला ग्वामी विष्टलाई समेत माफी पाएकी छन् ।

    बहुविवाह गरेको वडा अध्यक्षका दम्पतीसहित सात जनालाई माफी दिइएको छ । संविधान दिवसको अवसरमा असल चालचलन भएका सातजनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ ।

    संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ । कैद मिनाहा हुनेमा ६ पुरुष र एक महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ ।

    माफी पाउनेमा बहुविवाहका पाँच, कर्तव्य ज्यानका एक र हातहतियार मुद्दाका एक रहेका जेलर बलबहादुर केसीले बताए ।  न्युज कारखाना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij