Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कपिलवस्तुका तीन पालिकाले पाए ६० लाख बराबारको स्वास्थ्य सामग्री


  • शुक्रबार, असोज १ २०७८

  • कपिलवस्तुका तीन पालिकाले पाए ६० लाख बराबारको स्वास्थ्य सामग्री

    कपिलवस्तु – कपिलवस्तुका तीनवटा पालिकाले कोरोनाभाइरसविरुद्ध लड्न ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामाग्री पाएका छन् ।

    लुम्बिनी एकीकृत विकास संस्थाको सहयोगमा बाणगंगा नगरपालिकाकालाई २४ लाख, कपिलवस्तु अस्पताललाई २४ लाख र शुद्धोदन गाउँपालिकालाई १२ लाख बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाका निर्देशक सुनिता बेल्वासेले बताइन् ।

    यसैगरी, संस्थाले बाणगंगा नगरपालिकाका स्वास्थ्य संस्था र विद्यालयमा गरी १८ वटा हात धुने स्थल, सुद्धोदन गाउँपालिकामा १८ र कपिलवस्तु नगरपालिकाका २ विद्यालयमा हात धुने स्थल निर्माण गरेको छ ।

    कोभिडबाट प्रभावित भएका कपिलवस्तुका दुई पालिकाका १५ सय अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्नसमेत वितरण गरिएको थियो । न्युजकारखाना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij