काठमाडौं – प्रभु क्यापिटल लिमिटेडले बाल दिवसको अवसर परेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ ।
यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एउटा पीएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने भएको छ ।
यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्जवल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सकिने कम्पनीले जनाएको छ ।
‘हजुरको छोराछोरीको लागि लगानीसँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित सञ्चालन भएको यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्ने क्यापिटलले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
