Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माछापुच्छ्रे बैंकको अनलाईन डिम्याट खाता खोल्न सकिने


  • मंगलबार, भाद्र २९ २०७८

  • माछापुच्छ्रे बैंकको अनलाईन डिम्याट खाता खोल्न सकिने

    काठमाडौं – माछापुच्छ्रे बैंकले अनलाईनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको जनाएको छ ।

    बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ । माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पुरा गरीसकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भए डिम्याट खाता नम्बर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij