काठमाडौं – नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले इकाइ धनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्।
जस अन्तर्गत नबिल ब्यालेन्स्ड फन्ड २ ले आफ्ना इकाई धनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फन्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। यी दुई फन्डहरुको कोष प्रवर्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
