काठमाडौं– राष्ट्रिय जनगणना सरकारले कात्तिक २५ गतेदेखि सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ८ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।
यही कात्तिकदेखि हुने जनगणना नेपालको जनगणनाको १२ औँ शृङ्खला हो । जनगणनामा नेपालको घर, परिवार तथा व्यक्तिहरूको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्नुपर्ने हुन्छ । यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षकले अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसङ्ख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
