काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ निर्माण गरेर अब स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स दर्ता र सञ्चालन गर्न पाउने जनाएको छ । सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ल्याएको हो ।
उक्त निर्देशिका अनुसार अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने भएका हुन् । पछिल्लो समय कोरोना महामारी बढेसँगै समुदायहरूमा रहेका समिति तथा विभिन्न समूहहरूले एम्बुलेन्स सञ्चालन ल्याइएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा अब फोर व्हील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने छ । एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित तालिम लिनुपर्ने हुन्छ । यस्तै, चालक र एम्बुलेन्समा रहने आपत्कालीन मेडिकल प्राविधिकले पनि अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ ।
त्यस्तै, मन्त्रालयले निर्देशिकामा ‘प्रेषण केन्द्र’ स्थापना गरी ‘क’ र ‘ख’ वर्गका १ र १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । हाल ‘ग’ वर्गमा सञ्चालित एम्बुलेन्स नवीकरण गर्दा अनिवार्य ‘क’ वा ‘ख’ मा स्तरोन्नति गर्नुपर्ने जनाएको छ । ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्समा हेल्थ असिस्टेन्ट वा नर्स र चालक हुनुपर्ने प्रावधान ल्याइएको छ । ‘ग’ वर्गका लागि अहेब वा अनमीको अनिवार्य व्यवस्था ५ देखि ५० बेड अस्पताल तथा प्रादेशिक र सङ्घीय अस्पतालले कम्तीमा ‘क’ र ‘ख’ वर्गको एकएकवटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
