Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२७ वर्षपछि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका फरार व्यक्ति पक्राउ


  • सोमबार, भाद्र २१ २०७८

  • २७ वर्षपछि  कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका फरार व्यक्ति पक्राउ

    काठमाडौं– कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्तिलाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई घटना भएको २७ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको हो ।

    टेम्केमैयुङ–७ का २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले तीन वर्ष कैद सजाय सुनाएको थियो । घटनापछि नै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
    उनलाई भोजपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij