Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हेराकाजी डंगोलले नेपाली कांग्रेसको इकाई सभापतिमा उम्मेदवारी दिने


  • आइतबार, भाद्र २० २०७८

  • हेराकाजी डंगोलले नेपाली कांग्रेसको इकाई सभापतिमा उम्मेदवारी दिने

    काठमाडौँ । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ५ को टोखा नगरपालिका वडा नं २ इकाई समितिको सभापतिमा टोखा नगरपालिका वडा नं २ का वडा सदस्य हेराकाजी डंगोलले नेपाली कांग्रेसको इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    १२ औं महाधिवेशमा इकाई सचिव र ३ नं वडा संयोजकको समेत भूमिका निर्वाह गरिसकेका डंगोलले हाल २ नं वडाका वडा सदस्य छन् । नेपाली कांग्रेसलाई चलायमान बनाउनका लागि अग्रज प्रौढ, युवा सहित सबैलाई सम्मानजनक रूपमा समेटेर अगाडि बढाउने योजनामा रहेको बताउँदै महर्जन डंगोलले नेपाली काँग्रेसमा युवाहरूको आकर्षण बढिरहेको समयमा युवा नेतृत्व आवश्यकता रहेको र आसन्न चुनावमा युवाहरूको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आवद्ध युवाहरूको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाइ सभापतिको दाबी गरेको बताएका छन् ।

    आफूले युवापुस्ताको आवाज बोल्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने बताएका छन् । आजको यस्तो अवस्थामा संगठनको प्रत्येक संरचनामा जनताको मन जित्न सक्ने हरेक समस्यामा जुन्ध सक्ने प्रतिस्पर्धी पार्टीहरुसँग सबै विषयबाट मुकाबिला गर्नसक्ने अब्बल युवा नेतृत्व हुनुपर्नेमा अधिकांश कार्यकर्ताहरूको माग रहेको छ ।

    सामाजीक, सांस्कृतिक, खेलकुड, शिक्षा, स्वास्थ्य तथा भौतिकपुर्वाधार निर्माण सक्रिय रुपमा लागेका उनले चण्डेश्वरी विद्यालयको सुधार र विकासका लागि आर्थिक सहयोग गरी अक्षयकोषको स्थापना गरेका थिए । टोखामा रहेको भीमसेन मन्दिर निर्माणमा पुरातात्व विभागमा उहाँकै समन्वयन गरी निर्माण कार्य गर्नुका साथै अन्य मठमन्दिरहरुको संरक्षण र जिर्णोद्वार गरेका थिए ।

    वडा सदस्यको रुपमा वडाको सन्तुलित विकासमा आफूले गरेको योगदानलाई हेरेर सबैबाट सहयोग गर्ने प्रतिबद्धता आफूले पाएको बताउने डंगोलले जनताको पक्षमा आफुले गरेका कामहरुको मुल्याङ्कन गर्दै सबैको सहयोग रहने बचन पाएको जानकारी गराए । उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij