काठमाडौं– अफगानिस्तानमा तालिबानका लडाकुहरू राजधानी काबुल प्रवेश गरेका छन्। आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका तालिबानहरू दिउँसो राजधानी काबुल पुगेका हुन्।
समाचार संस्था एपीले जनाएअनुसार तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेका छन्।
काबुल पस्नुअघि तालिबानहरूले आजै नजिकैका दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन्।
पछिल्लो एक सातामा तालिबानले लगभग देशका प्रमुख सबै सहर कब्जा गरेका छन्। अब उनीहरू राजधानी काबुल कब्जा गर्ने उद्देश्यले अघि बढिरहेका छन्।
यसैबीच आइतबार दिउँसो एक वक्तव्य जारी गर्दै तालिबानले आफूहरू भिडन्त गर्दै काबुल नपस्ने बताएका छन्। कर्मचारीहरू सरकारी भवन छाडेर भागेका छन् भने सर्वसाधारणहरू खुला पार्कमा बस्न थालेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
