काठमाडौं– नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रालिका तर्फबाट तीन लाख सहयोग प्राप्त भएको छ ।
अष्ट्राटेक प्रालिका फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) इ. विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम आज एक कार्यक्रमका बीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई अष्ट्राटेक प्रालिका नेपालस्थित कार्यालयका प्रतिनिधि सैलेश शाँखीले हस्तान्तरण गरेका छन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा कार्यवहाक अध्यक्ष विष्टले कोराना संक्रमति पत्रकारका लागि सहयोग पु¥याउन महासंघले सञ्चालन गरेको अभियानमा सहयोग गर्नुभएकोमा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) इ. विनोद कुँवरसहित नेपाल प्रतिनिधि शाँखीलाई हार्दिक धन्यवाद व्यक्त गरे। उनले सहयोगले नेपाली पत्रकारप्रतिको विश्वास र स्नेह प्रकट भएको बताउँदै समस्या परेका पत्रकारहरू राहत पुग्ने बताए। उनले प्राप्त सहयोग लक्षित पत्रकारहरूसम्म पारदर्शी ढङ्गबाट सहयोग गरिने स्पष्ट पारे । कावा अध्यक्ष विष्टले भविष्यमा पनि अष्ट्राटेक प्रालि सँग सहकार्य गरी अगाडि बढ्ने बताउँदै थय सहयोग र सहकार्यको अपेक्षा रहेको बताए।
रकम हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य शिवराज तिमिल्सिना र लेखा समिति सदस्य मुकुन्दप्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
