काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड संक्रमणको चित्र प्रस्तुत गरेको छ । मन्त्रालयले अबको पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण प्रस्तुत गरेको छ । मन्त्रालयको नीति, योजना तथा अनुगमन शाखाले आगामी पाँच महिनामा थप एक लाख ९३ हजारमा कोरोना संक्रमण देखिने प्रक्षेपण गरेको हो ।
महाशाखा प्रमुख डा. गुणराज लोहनीले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा पाँच महिनामा ३८ हजार ७ सय ७१ जनालाई अस्पतालबाट उपचार सेवा आवश्यक पर्नसक्ने जनाएका हुन । संक्रमित मध्य ९ हजार भन्दा बढीलाई आइसियु आवश्यक पर्ने र ८० प्रतिशत सामान्य रहने प्रक्षेपण गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
