काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ कोटोना संक्रमित थपिएका छन ।पछिल्लो २४ घण्टामा १३ हजार ५१९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार १०६ जनाको नतिजा पोजिटिभ आएको हो ।
नौ हजार २६३ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार २८० र चार हजार २५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण २३ जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ८५७ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
