Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्थ मन्त्रालयले सोध्यो बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण


  • बिहिबार, साउन १४ २०७८

  • अर्थ मन्त्रालयले सोध्यो बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण

    काठमाडौं – अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो ।
    बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करीव १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो ।
    मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सो को स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा बुझाउन भनेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले यस्तो जानकारी गराएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij