Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हरिणको छालासहित झापाबाट दुईजना पक्राउ


  • बुधबार, असार २३ २०७८

  • हरिणको छालासहित झापाबाट दुईजना पक्राउ

    झापा- प्रहरीले हरिण मारेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् ।

    हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्‍ने सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवैजनालाई पक्राउ गरेको हो ।

    उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन बन कार्यालय झापामा बुझाइएको तथा घटनामा संलग्न रहेका हाल फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij