Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निर्वाचन आयोगद्धारा निर्वाचन कार्यतालिका सार्वजनिक


  • सोमबार, असार २१ २०७८

  • निर्वाचन आयोगद्धारा निर्वाचन कार्यतालिका सार्वजनिक

    काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।

    आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता गर्ने, कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।

    कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । सोही दिन दल दर्ताको लागि सूचना प्रकाशन गरिने छ । त्यस्तै, आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

    पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।

    त्यस्तै, दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति असोज ३१ गते देखि कार्तिक १ गतेसम्मका लागि तोकिएको छ । कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने मंसिर ३ गते मतदान हुने आयोगले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij